एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं।  एनसीएमटी (NCMT) कलेज  द्वारा आयोजित दोस्रो एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ। दुइ दिने खेल  प्रतियोगितामा १४  वटा कलेजका बिभिन्न टिमहरुले सहभागिता जनाएका थिए।

खेल प्रतियोगिता २०८१  साल फागुन ९ र १० गते  मनांग मर्स्याङ्दी फुटसल, गोंगबुमा  भएको थियो। फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै  ए आइ टि एम (AITM) कलेज , ललितपुर प्रथम, र टेक्सास (Texas) कलेज, चाबहिल दितीयको  उपाधि जित्न सफल भएको थियो । त्यसै गरि सरस्वती बहुमुखी क्याम्पस, ठमेलले तेस्रो स्थान हासिल गरेको छ ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोंगको प्रमुख अतिथ्यतामा उद्घाटन सहित  फाइनल खेलपछि प्रमाण पत्र तथा  पुरस्कार वितरण  समारोह सम्पन्न भएको  थियो। नृत्य तथा सांस्कृतिक क्रियाकलाप सहित आयोजित समाहरोहमा  विजेता टोलीलाई ट्रफी, प्रमाण पत्र तथा पुरस्कृत राशी प्रदान गरिएको थियो।

सामाखुशी-३ काठमान्डौमा रहेको  आयोजक  नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स प्रा लि  (NCMT College) ले भविष्यमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। बिगतका बर्षमा पनि खेलकुदका बिबिध प्रतियोगीता सम्पन्न गरेको कलेजले  प्रतियोगिताले युवा बिद्यार्थी  खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको जनाएको छ । यसरी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको फुटसल प्रतियोगिताले  नेपाली फुटसल खेलको प्रवर्द्धनमा सकारात्मक योगदान हुने  विश्वास भएको भन्दै आगामी दिनहरूमा अझै थप बिबिध प्रतियोगिताको आयोजना गर्ने कलेजको  योजना रहेको जानकारी दिएको छ ।