देश

‘राइड सेयरिङ’ नियमावली स्थगन नगर्न सर्वोच्चको आदेश

‘राइड सेयरिङ’ नियमावली स्थगन नगर्न सर्वोच्चको आदेश

देश, मुख्य खबर
कास्की- सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सातवटै प्रदेश सरकार तथा यातायात व्यवसायी महासङ्घलाई विपक्षी बनाइ दायर भएको रिटमा मंगलबार अदालतले सो आदेश गरेको गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले सो आदेश गरेपछि प्रदेशमा ‘राइड सेयरिङ’ले मान्यता प्राप्त गरेको र कार्यान्वयनको बाटो खुलेको छ । यसअघि प्रदेश सरकारकारले ‘राइड सेयरिङ’ नियमावली ल्याएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए । नेपाल यातायात व्यवसायी महासङ्घले देश...
तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

देश, नागरिक, मुख्य खबर
संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ । समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा.प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतकाे पनि सहभागिता रहेको थियो । रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन् । टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही  पनि उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।...
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

देश, नागरिक, बिबिध, लाइभ खबर
नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, “मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।” मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन । त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसम...
‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित

‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित

देश, नागरिक
काठमाडौँ । प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सहकुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राख्ने व्यवस्था गरिएको बताउनुभएको थियो । छलफलका क्रममा सांसद योगेशकुमार भट्टराईले धेरै पहिलादेखि उठेको विषय भएको सुदूरपश्चिमका जनतालाई न्याय गरेको बताउनुभयो । सांसद डा अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज भएको उल्लेख गर्नुभयो ...
विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेस

विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेस

देश, स्थानीय
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आज समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितिमा समिति सभापति अमरबहादुर खड्कालाई उपसमिति संयोजक छविलाल विश्वकर्माले प्रतिवेदन बुझाउनुभएको हो । उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा विद्यालय सुधारका विषय समेटिएको बताउनुभयो । “प्रतिवेदनमा प्रधानाध्यापकलाई जिम्मेवार र जबाफदेही बनाउने हो भने विद्यालय सुधार गर्न सकिन्छ भन्ने कुरा समेटेका छौँ”, उहाँले भन्नुभयो, “चाँडै चाँडै गरिने सरुवालाई नियन्त्रणको व्यवस्था प्रतिवेदनमा समावेश गरिएको छ ।” उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा अपुरा रहेका कुरालाई समितिमा छलफल गरेर अगाडि बढ्नेसमेत बताउनुभयो । उहाँका अनुसार १६३ दफामा रहेको विधेयकमा उपसमितिले १७२ दफा बनाएको छ । ...
सात किलोग्राम सुनसहित रसुवा नाकाबाट एक जना पक्राउ

सात किलोग्राम सुनसहित रसुवा नाकाबाट एक जना पक्राउ

देश, लाइभ खबर
रसुवा नाकाबाट करिब सात किलोग्राम सुनसहित एक जना पक्राउ परेका छन्  ।चीनको केरुङबाट रसुवागढीनाका हुदै ल्याईएको  सुनलाइ  प्रहरीले बरामत गरेको हो  । केरुङ हुँदै रसुवागढी नाकाबाट स्याउको गाडिमा फल्स बटम बनाई लुकाएर ल्याएको भन्ने सुराकीको आधारमा खानतलासी गर्दा करिव साँढे सात किलो सुन बरामत भएको थियो   । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीको नेतृत्वको टालीले बा ४ ख ६२०१ नम्बर स्याउको कन्टेनर गाडिबाट आज दिउँसो साँढे सात किलो सुन फेला पारेको पुष्टि गरेको छ । प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीका अनुसार साँढे ७ किलो सुनसहित गाडि चालक गोसाइकुण्ड गाँउपालिका-५ का किशोर भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । सुन धनी को हुन भन्ने बारे भने बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।।...
डोटीमा सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु

डोटीमा सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु

देश, मुख्य खबर, स्थानीय
डोटीमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भिमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गोल्डेनमा आज विहान भएको दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरीकार्यलय डोटीले जनाएको छ । जिल्लको जोरायल गाउँपालिका वडा नम्बर–१ गोल्डेनमा धनगढीबाट बझाङतर्फ जाँदै गरेको अन्दाजी ३२-३३ बर्षका अर्जुन धामीले चलाएको सु.प.प्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न्र र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको हो । अन्य दुई जनाको नाम थर र वतन खुल्न बाकी रहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
औपचारिक भ्रमणका लागि  युएईका विदेशमन्त्री शेख अब्दुल्लाह मङ्गलबार साँझ काठमाडौँमा

औपचारिक भ्रमणका लागि युएईका विदेशमन्त्री शेख अब्दुल्लाह मङ्गलबार साँझ काठमाडौँमा

देश, प्रवास, मुख्य खबर
दुईदिने औपचारिक भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान मङ्गलबार साँझ काठमाडौँ आइपुग्नु भएको छ  । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो  । परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगो...
आज देशभरको मौसम सफा रहने पूर्वानुमान

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

देश, लाइभ खबर, स्थानीय
काठमाडौँ। हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात हुने सम्भावना छ ।...
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

देश, मुख्य खबर, स्थानीय
चितवन। चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका–६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीको (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका–१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका–४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका–१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी रहेका छन् । उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उक्त खाग विसं २...