जिबनशैली

देशभरि पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशभरि पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

जिबनशैली, मुख्य खबर
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। रातिको समयमा पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य ठाउँहरूमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी, र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपात पर्न सक्ने सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमानअनुसार, कोशी, बागमती, र गण्डकी प्रदेश...
आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

जिबनशैली, देश, मुख्य खबर, स्थानीय
काठमाडौँ। पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको हो । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू–भागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । ती दुवै मौसमी प्रणालीका कारण आज अपराह्नबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्ण...
कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

जिबनशैली, देश, मुख्य खबर
काठमाडौँ- कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ । अहिले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहेर पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेश र गण्डकीका केही ठाउँमा तथा बाँकी प...
सरकारद्वारा  आज र भोलि   बालबालिकाका लागि  भिटामिन ‘ए’  तथा जुकाको औषधि खुवाइदै

सरकारद्वारा आज र भोलि बालबालिकाका लागि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइदै

जिबनशैली, देश, स्थानीय
काठमाडौं- सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गरेको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उहाँले आग्रह गर्नुभयो । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने न...