प्रविधि

हावाहुरीले ३३ केभीको विद्युत टावर ढल्दा बाँकेमा विद्युत अवरुद्ध

हावाहुरीले ३३ केभीको विद्युत टावर ढल्दा बाँकेमा विद्युत अवरुद्ध

प्रविधि, मुख्य खबर
बुधबार बिहान आएको हावाहुरी र वर्षाले कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारण लाइनको विद्युत पोल र टावरमा क्षति पुर्‍याएकाले बाँकेका विभिन्न स्थानको विद्युत सेवा अवरुद्ध भएको छ । ३३ केभीको टावर ढलेपछि कोहलपुर–नेपालगन्ज प्रसारण लाइन अवरुद्ध हुँदा जिल्लाको विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएकोमा मर्मत सम्भार गरी अधिकांश स्थानमा विद्युत सुचारु गरिए पनि केही ठाउँमा अझै अवरुद्ध रहेको विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अनुसार विद्युत अवरुद्ध भएको केही घण्टामै तीव्र गतिमा काम गरेर खजुरा र ग्रामीण फिडर बाहेक अन्य क्षेत्रमा लाइन सुचारु गरिएको बताउनुभयो । प्रमुख लामिछानेका अनुसार क्षतिग्रस्त टावर मर्मतका लागि प्राविधिक टोली खटिएको छ । “३३ केभीको टावर ढलेको छ, त्यसको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ,” उहाँल...