Author: नागरिक

‘राइड सेयरिङ’ नियमावली स्थगन नगर्न सर्वोच्चको आदेश

‘राइड सेयरिङ’ नियमावली स्थगन नगर्न सर्वोच्चको आदेश

देश, मुख्य खबर
कास्की- सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगित गर्ने निर्णयका विरुद्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सातवटै प्रदेश सरकार तथा यातायात व्यवसायी महासङ्घलाई विपक्षी बनाइ दायर भएको रिटमा मंगलबार अदालतले सो आदेश गरेको गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले सो आदेश गरेपछि प्रदेशमा ‘राइड सेयरिङ’ले मान्यता प्राप्त गरेको र कार्यान्वयनको बाटो खुलेको छ । यसअघि प्रदेश सरकारकारले ‘राइड सेयरिङ’ नियमावली ल्याएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए । नेपाल यातायात व्यवसायी महासङ्घले देश...
सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

लाइभ खबर, स्थानीय
रौतहट- चन्द्रपुर नगरपालिका-१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो । मङ्गलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैबीच रौतहट प्रहरीले मङ्गलबार नै ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक रायले जानकारी दिनुभयो । गौरस्थित बिपीचोकबाट चन्द्रपुर–४ का २७ वर्षीय अजय विकलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको ना१ह ७८९३ नम्बरको इ–रिक्सामा लुक...
तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण

देश, नागरिक, मुख्य खबर
संयुक्त जनआन्दोलन समितिले तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ । समितिका संयोजक नवराज सुवेदी नेतृत्वको टोलीले बुधबार महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  हस्तान्तरण कार्यक्रममा निर्देशक समितिका सदस्यहरू डा.प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतकाे पनि सहभागिता रहेको थियो । रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन् । टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही  पनि उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।...
बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्यो

बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्यो

मुख्य खबर, लाइभ खबर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म एक हजार २८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले यो वर्ष डेङ्गुको सङ्क्रमण ७२ जिल्लामा फैलिसकेको जानकारी दिँदै सबैभन्दा बढी डेङ्गुको पुष्टि काठमाडौँमा भएको बताउनुभयो । झाका अनुसार मनाङ, रसुवा, डोल्पा, हुम्ला र महोत्तरी जिल्लामा डेङ्गु पुष्टि भएको छैन । प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा डेङ्गु पुष्टि भएको छ । उहाँका अनुसार बागमतीमा ३४३, कोशीमा २४६, गण्डकी २३४, लुम्बिनी २०७, सुदूरपश्चिम १७४ र कर्णाली प्रदेशमा ६२ जनामा डेङ्गु पुष्टि भएको छ । सबैभन्दा कम सङ्क्रमण मधेश प्रदेशमा छ । मधेशमा १७ जनामा डेङ्गु पुष्टि भएको छ । मधेशमा गर्मी हुने भएकाले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण मधेशमा हुनुपर्नेमा सबैभन्दा कम सङ्ख्या पुष्टि भएको छ । इपिडिमियोल...
डेब्यूमै नन्दनको शानदार प्रदर्शन

डेब्यूमै नन्दनको शानदार प्रदर्शन

खेलकुद, मुख्य खबर
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने एकदिवसीय शृंखलाका लागि नन्दन यादव दोस्रोपटक नेपाली टोलीमा समावेश भएका थिए । यसअघि पनि टिममा परेका तर मौका नपाएका नन्दनले केही महिनाअघि मात्र हङकङमा भएको टी-२०आई शृंखलामार्फत राष्ट्रिय टोलीका डेब्यू गरेका थिए । तर एकदिवसीयमा भने मौका पाएका थिएनन् । यस शृंखलामा पनि उनले एकदिवसीय डेब्यूका लागि अझै पर्खनुपर्ने अवस्था लगभग निश्चितजस्तै भएको थियो । तर प्रशिक्षणका क्रममा मुख्य पेस बलर सोमपाल कामीलाई चोट लागेपछि मंगलबारको खेलमा नन्दनले डेब्यूको मौका पायो । नेपाली बेन्चमा नन्दनबाहेक अर्का पेस बलर रिजन ढकाल मात्र थिए जसले यो शृंखलाको पहिलो खेल मात्र खेलेका थिए । उनलाई बेन्चमै राखेर प्रशिक्षक स्टुअर्ट लले नन्दनलाई डेब्यूको मौका दिए । नन्दनले पनि पाएको मौकामा आफुलाई अब्बल साबित गर्दै नेदरल्याण्ड्सविरुद्ध ३ विकेट नै लिए । उनको बलिङ फिगर पनि श...
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

देश, नागरिक, बिबिध, लाइभ खबर
नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, “मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।” मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन । त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसम...
 लागुऔषधसहित  कैलालीमा प्रहरीले ६ जनालाई पक्राउ

 लागुऔषधसहित  कैलालीमा प्रहरीले ६ जनालाई पक्राउ

नागरिक, मुख्य खबर
लागुऔषधसहित  कैलालीमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका-९ घर भएका प्रहरी जवान चिरञ्जीवी बिसीलाई पक्राउ गरिएको जानकारी दिए । उनको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । यस्तै गोदावरी नगरपालिका-५ को गेटाबाट २० वर्षीय कमल रिजाललाई पनि पक्राउ गरिएको छ । उनको साथबाट पाँच ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । रिजाललाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी सिंहले बताए । मंगलबार नै घोडाघोडी नगरपालिकाको सुखडबाट लागुऔषधसहित थप पाँच जनालाई पक्राउ गरिएको प्रहरीले ज...
झापामा तीन स्थानमा तीन जना मृत फेला

झापामा तीन स्थानमा तीन जना मृत फेला

नागरिक, मुख्य खबर, स्थानीय
झापा जिल्लामा तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका  ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छ जनाइएको छ । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।...
टोखामा चल्यो गोली , दुई जना प्रहरीको नियन्त्रणमा

टोखामा चल्यो गोली , दुई जना प्रहरीको नियन्त्रणमा

लाइभ खबर, स्थानीय
टोखाको ग्राण्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएर दुई जना लागुऔ’षध कारोबारीलाई नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय सशिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम छन्। उनीहरूबाट दुई सय ग्राम खैरो हिरोइन पनि बरामद भएको छ। प्रहरीका अनुसार टोखा नगरपालिका वडा नं–३ मा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ब्न्युरोको टोली त्यहाँ पुगेको र त्यहाँ भेटिएका दुबैजनालाई नियन्त्रणमा लिने प्रयास हुँदा निजहरूले फलाम रडले प्रहरीमाथि आक्रमण गरेको र त्यसपछि प्रहरीले गोली चलाउनु परेको हो। उनीहरूको आक्रमणबाट प्रहरी वरिष्ठ हबल्दार नवराज घिसिङ र प्रहरी सहायक हबल्दार रवीन्द्र केसी घाइते भएका छन्। घाइतेहरू सबैको नेपाल ...
लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमाथि बुधबार सुनुवाइ नहुने

लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमाथि बुधबार सुनुवाइ नहुने

नागरिक, मुख्य खबर
(रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमाथि बुधबार सुनुवाइ नहुने भएको छ । मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो । उक्त दिन सुनुवाइ नसकिएपछि  मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । तर, बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको संयुक्त इजलास बस्न नसकेसँगै रविको रिटमा सुनुवाइ हुन नसकेको हो । यसअघि मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्न बाँकी नै छ । यस्तै पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट दायर मुद्दा समेत सँगै रहेकाले श्रेष्ठपछि उनका कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ ।  त्यसपछि पीडित र सरकारी वकिलले ...