मनोरन्जन

तामाङ समुदायमा प्रचलित ‘डम्फु र सेलो’ कार्यक्रम सुरु

तामाङ समुदायमा प्रचलित ‘डम्फु र सेलो’ कार्यक्रम सुरु

मनोरन्जन
काठमाडौं, जेठ ७ गते । तामाङ समुदायमा प्रचलित, परम्परागत भाका सेलो, फापरे व्हाईलगायतका (गीत)को प्रवर्द्धनका लागि ‘डम्फु र सेलो’ कार्यक्रम सुरु भएको छ । नेपाल तामाङ घेदुङका महासचिव जगत् दोङले इन्डिजिनियस टेलिभिजनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको डम्फु र सेलो कार्यक्रम इन्डिजिनियस टेलिभिजन आइटिभी नेपालबाट हरेक साताको शुक्रवार साँझ ८ बजे प्रसारण हुने जानकारी दिनुभएको हो । उहाँले समुदायमा रहेको परम्परागत गीतका भाका, वाद्यवादन प्रयोग गरेर इच्छुक कलाकारले आफ्नो प्रतिभा देखाउने अवसरका लागि डम्फु र सेलो कार्यक्रममार्फत मञ्च दिइएको बताउनुभयो । डम्फु र सेलो कार्यक्रम अन्तरगतको पहिलो शृङ्खलामा चर्चित गायक-गायिकाहरू मिलन लामा, फुलकुमार बम्जन, गीता योन्जनलगायतको प्रस्तुति रहेको थियो ।...
‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक-बाबुराम भट्टराई

‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक-बाबुराम भट्टराई

बिबिध, मनोरन्जन
काठमाडौँ, चैत २२ गते । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक चलचित्र बनेको बताउनुभएको छ । उहाँले मङ्गलबार बेलुकी महाजात्रा हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो भनाइ राख्नुभएको हो । “देशमा सुशासन, समृद्धिको कुरा गर्छौं तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई भिन्न शैलीमा चलचित्रमा प्रस्तुत गरिएको छ । नेताहरूले चलचित्र हेरेर मम भन्न सक्नु पर्छ,” पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “राजनीतिज्ञले सत्यलाई स्विकार्नु पर्छ तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । म फिल्म हेरिरहँदा कुनै क्षण भावुक भएँ, केही दृश्यमा आँसु रोक्न सकिनँ । समग्रमा चलचित्र हेरेर आनन्द आयो ।” उहाँले यस्ता चलचित्रले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयनलगायतका सम्पूर्ण पक्ष मन परेको बताउनुभयो । “च...
अनिल बुढामगरको चलचित्र ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक

अनिल बुढामगरको चलचित्र ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक

मनोरन्जन
रुकुमपूर्व, चैत २० गते । अनिल बुढामगरको चलचित्र ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक गरिएको छ । केही साताअघि मात्रै रुकुमपूर्वमा छायाङ्कन सकिएको चलचित्र ‘घरज्वाइँ’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रको फरक फरक दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । विशुद्ध ग्रामीण परिवेश, वेशभूषामा उहाँहरूलाई देख्न सकिन्छ । पोस्टरको रङ संयोजनले ग्रामीण नेपाली क्षेत्रको पहिरन दिएको छ । यो फिल्मको छायाङ्कन रुकुमपूर्वको लुगुम, तकसेरालगायत मगर ग्रामीण बस्ती तथा ढोरपाटन सिकार आरक्ष आसपासमा गरिएको छ ।...
सङ्गीतले अझै गम्भीर बनायो -लोकबहादुर रसाइली

सङ्गीतले अझै गम्भीर बनायो -लोकबहादुर रसाइली

मनोरन्जन
काठमाडौँ, चैत १६ गते । सानैदेखि गीत सङ्गीतमा रुचि राख्नुहुने रोल्पाको लुङ्ग्री गाउँपालिका–६ का लोकबहादुर रसाइली नायक राजेश हमालबाट प्रेरित भएर कलाकारिता क्षेत्रमा लागेको बताउनुहुन्छ । दुई दर्जन गीतमा मोडलिङ तथा आधा दर्जन गीत गाइसक्नुभएका उहाँले २०६७/६८ सालमा काठमाडौँ आएर म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । उहाँले अभिनय गर्नुभएको म्युजिक भिडियो युट्युबमा लाखौँ पटक हेरिएका छन् । गायन र अभिनयमार्फत मेला महोत्सवमा सहभागी जनाउनुभएका रसाइली भन्नुहुन्छ, “यसरी नै जीवन चलिरहेको छ । इमानदार भएर मेहनत गर्ने हो भने जीवन चलाउन पनि कलाकारितामा सजिलो हुँदै जाने रहेछ ।” इमानदार भएर मेहनत गर्ने हो भने जीवन चलाउन पनि कलाकारितामा सजिलो हुँदै जाने रहेछ । अभिनय र गायनलाई नै आफ्नो प्रमुख पेसा बनाएका रसाइलीले अन्तर्राष्ट्रिय म्युजिक अवार्ड, मलेसिया, थाइल्यान्ड, सिङ्गापुरलगायतका देशमा नेपाल...
सङ्गीतकार लक्ष्मण पोखरेलको गीत दिल रोएको बेला सार्वजनिक

सङ्गीतकार लक्ष्मण पोखरेलको गीत दिल रोएको बेला सार्वजनिक

मनोरन्जन
काठमाडौं, चैत १६ गते । सङ्गीतकार लक्ष्मण पोखरेलको निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत दिल रोएको बेला सार्वजनिक भएको छ । प्रसिद्ध गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर नारायण रेग्मीको शब्द रहेको उक्त गीतमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाको अभिनय छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको सङ्गीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ छ । मुकेश हुमागाईको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफ विनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ छ । लामो समय जर्मनीमा बसेर नेपाली गीत सङ्गीतको क्षेत्रमा केही गर्ने उद्देश्यका साथ गीत सङ्गीतमा लागेका अनुपजंग नेपाली कला क्षेत्रका लागि एउटा आशालाग्दो अनुहार हो । मोडल अनुपजंगको पहलमा स्थापना...
कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

खेलकुद, देश, प्रवास, बिबिध, मनोरन्जन, स्थानीय
चामल खाँदै नखानुहोस्, आलु छुनै हुन्न ।’ यस्तै प्रचार गर्दै कतिपयले मोटोपन नियन्त्रण गर्ने सूत्र दिइरहेका छन् । चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटयुक्त खानेकुराले मोटोपन बढाउँछ भन्ने बुझाइ व्याप्त छ । यसैलाई शिरोधर गर्दै धेरैले आफ्नो खानाबाट धमाधम कार्बोहाइड्रेट कटौती गरिरहेका छन् । कतिले भनिरहेका छन्, ‘कार्बोहाइड्रेटयुक्त खानेकुरा छाडेपछि उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग समेत निको हुन्छ ।’ के वास्तवमै शरीरका लागि कार्बोहाइड्रेट जरुरी छैन ? कार्बोहाइड्रेटले शरीरमा के काम गर्छ ? कार्बोहाइड्रेटले मोटोपन बढ्छ ? कार्बोहाइडेट कार्बन हाइड्रोजन र अक्सिजन मिलेर बनेको पदार्थ हो । यो पोषक तत्वले शरीरमा ऊर्जा प्रदान गर्छ । शरीरको कुल उर्जाको ८० प्रतिशत भाग यसैबाट प्राप्त हुन्छ । त्यसैले कार्बोहाइड्रेट हाम्रो शरीरका लागि अत्यावश्यक छ । सामान्यता एउटा स्वस्थ...
जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

खेलकुद, देश, प्रवास, बिबिध, मनोरन्जन, स्थानीय
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । ...
बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

खेलकुद, देश, प्रवास, बिबिध, मनोरन्जन, स्थानीय
१४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँ...