खेलकुद

डेब्यूमै नन्दनको शानदार प्रदर्शन

डेब्यूमै नन्दनको शानदार प्रदर्शन

खेलकुद, मुख्य खबर
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने एकदिवसीय शृंखलाका लागि नन्दन यादव दोस्रोपटक नेपाली टोलीमा समावेश भएका थिए । यसअघि पनि टिममा परेका तर मौका नपाएका नन्दनले केही महिनाअघि मात्र हङकङमा भएको टी-२०आई शृंखलामार्फत राष्ट्रिय टोलीका डेब्यू गरेका थिए । तर एकदिवसीयमा भने मौका पाएका थिएनन् । यस शृंखलामा पनि उनले एकदिवसीय डेब्यूका लागि अझै पर्खनुपर्ने अवस्था लगभग निश्चितजस्तै भएको थियो । तर प्रशिक्षणका क्रममा मुख्य पेस बलर सोमपाल कामीलाई चोट लागेपछि मंगलबारको खेलमा नन्दनले डेब्यूको मौका पायो । नेपाली बेन्चमा नन्दनबाहेक अर्का पेस बलर रिजन ढकाल मात्र थिए जसले यो शृंखलाको पहिलो खेल मात्र खेलेका थिए । उनलाई बेन्चमै राखेर प्रशिक्षक स्टुअर्ट लले नन्दनलाई डेब्यूको मौका दिए । नन्दनले पनि पाएको मौकामा आफुलाई अब्बल साबित गर्दै नेदरल्याण्ड्सविरुद्ध ३ विकेट नै लिए । उनको बलिङ फिगर पनि श...
एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

खेलकुद
काठमाडौं।  एनसीएमटी (NCMT) कलेज  द्वारा आयोजित दोस्रो एनसीएमटी अन्तर कलेज फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ। दुइ दिने खेल  प्रतियोगितामा १४  वटा कलेजका बिभिन्न टिमहरुले सहभागिता जनाएका थिए। खेल प्रतियोगिता २०८१  साल फागुन ९ र १० गते  मनांग मर्स्याङ्दी फुटसल, गोंगबुमा  भएको थियो। फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै  ए आइ टि एम (AITM) कलेज , ललितपुर प्रथम, र टेक्सास (Texas) कलेज, चाबहिल दितीयको  उपाधि जित्न सफल भएको थियो । त्यसै गरि सरस्वती बहुमुखी क्याम्पस, ठमेलले तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोंगको प्रमुख अतिथ्यतामा उद्घाटन सहित  फाइनल खेलपछि प्रमाण पत्र तथा  पुरस्कार वितरण  समारोह सम्पन्न भएको  थियो। नृत्य तथा सांस्कृतिक क्रियाकलाप सहित आयोजित समाहरोहमा  विजेता टोलीलाई ट्रफी, प्रमाण पत्र तथा पुरस्कृत राशी प्रदान गरिएको थियो। सामाखुशी...
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

खेलकुद, मुख्य खबर
काठमाडौं। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज म्यान्मारको सामना गर्दैछ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यान्मारले यसअघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ–आफ्नो स्थान सुरक्षित गरेका हुन् । नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यान्मार अगाडि छ भने नेपाल दोस्रो स्थानमा छ । नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, आज यो खेलअघि लेबनान र किर्गिस्तान अपरान्ह १ बजेदेखि खेल्दै छन् । फाइनलबाट बाहिरिएपनि दुवै सान्त्वना जितको खोजीमा आजको खेल खेल्दै छन् । प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबी...
फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

खेलकुद, लाइभ खबर
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ। बिहीबार टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो। टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उहाँको भनाइ थियो। उहाँले अमेरिका र वेस्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो। उहाँले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताउनुभयो। उहाँले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा। तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन। अ...
यू-१९ विश्वकपः नेपालले आज सुपर सिक्समा बंगलादेशसँग भिड्दै

यू-१९ विश्वकपः नेपालले आज सुपर सिक्समा बंगलादेशसँग भिड्दै

खेलकुद, प्रवास, बिबिध, लाइभ खबर
काठमाडौं- दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । तर खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो । सुपर सिक्समा नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो । अब बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ । तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट बाहिरिएका छन् । सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आ...
बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल

बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल

खेलकुद, स्थानीय
बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल भएकी छिन् । भारतको गुहाटीमा आगामी सेप्टेम्बर २६ देखी ३० तारिखसम्म आयोजना हुने साउथ एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिप प्रतियोगिता २०२२ का लागि चौदण्डीगढी नगरपालिकाकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल भएकी हुन् ।   केही समय अघि भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ब्याडमिन्टन खेलको प्रदेश नम्बर १ को छनौटमा पनि उनी पर्न सफल भएकी थिईन् । बेल्टार ब्याडमिन्टन एकेडेमीकी खेलाडी रहेकी राईलाई हिजो एक कार्यक्रमको आयोजना गरेर विदाई गरिएको छ । बिदाई कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका पुर्व मेयर खगेन्द्र राई, नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगर, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का , बेल्टार ब्याडमिन्टन एकेडेमीका प्रशिक्षक भेष बहादुर मगर, समाजसेवी उर्मिला राई लगायतको सहभागिता रहेको थियो ।...
साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

खेलकुद, प्रवास, बिबिध
साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा संस्करणमा नेपाल र भारतको भेट भएको छ । चार पटक फाइलनमा र एक पटक सेमिफाइनलमा नेपाल भारतसितै पराजित भएको छ । जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन । पाँच पटक आमने सामने हुँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ । नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ । मंगलबारको खेलमा भारतलाई हराउने क्रममा बंगलादेशका जाहान सोप्नाले २ तथा कृष...
कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

खेलकुद, देश, प्रवास, बिबिध, मनोरन्जन, स्थानीय
चामल खाँदै नखानुहोस्, आलु छुनै हुन्न ।’ यस्तै प्रचार गर्दै कतिपयले मोटोपन नियन्त्रण गर्ने सूत्र दिइरहेका छन् । चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटयुक्त खानेकुराले मोटोपन बढाउँछ भन्ने बुझाइ व्याप्त छ । यसैलाई शिरोधर गर्दै धेरैले आफ्नो खानाबाट धमाधम कार्बोहाइड्रेट कटौती गरिरहेका छन् । कतिले भनिरहेका छन्, ‘कार्बोहाइड्रेटयुक्त खानेकुरा छाडेपछि उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग समेत निको हुन्छ ।’ के वास्तवमै शरीरका लागि कार्बोहाइड्रेट जरुरी छैन ? कार्बोहाइड्रेटले शरीरमा के काम गर्छ ? कार्बोहाइड्रेटले मोटोपन बढ्छ ? कार्बोहाइडेट कार्बन हाइड्रोजन र अक्सिजन मिलेर बनेको पदार्थ हो । यो पोषक तत्वले शरीरमा ऊर्जा प्रदान गर्छ । शरीरको कुल उर्जाको ८० प्रतिशत भाग यसैबाट प्राप्त हुन्छ । त्यसैले कार्बोहाइड्रेट हाम्रो शरीरका लागि अत्यावश्यक छ । सामान्यता एउटा स्वस्थ...
जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

खेलकुद, देश, प्रवास, बिबिध, मनोरन्जन, स्थानीय
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । ...
बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

खेलकुद, देश, प्रवास, बिबिध, मनोरन्जन, स्थानीय
१४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँ...