फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ।
बिहीबार टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो। टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उहाँको भनाइ थियो। उहाँले अमेरिका र वेस्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो। उहाँले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताउनुभयो। उहाँले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले भन्नुभयो, ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा। तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन। अ...



