लाइभ खबर

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

लाइभ खबर, स्थानीय
रौतहट- चन्द्रपुर नगरपालिका-१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो । मङ्गलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैबीच रौतहट प्रहरीले मङ्गलबार नै ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक रायले जानकारी दिनुभयो । गौरस्थित बिपीचोकबाट चन्द्रपुर–४ का २७ वर्षीय अजय विकलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको ना१ह ७८९३ नम्बरको इ–रिक्सामा लुक...
बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्यो

बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्यो

मुख्य खबर, लाइभ खबर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म एक हजार २८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले यो वर्ष डेङ्गुको सङ्क्रमण ७२ जिल्लामा फैलिसकेको जानकारी दिँदै सबैभन्दा बढी डेङ्गुको पुष्टि काठमाडौँमा भएको बताउनुभयो । झाका अनुसार मनाङ, रसुवा, डोल्पा, हुम्ला र महोत्तरी जिल्लामा डेङ्गु पुष्टि भएको छैन । प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा डेङ्गु पुष्टि भएको छ । उहाँका अनुसार बागमतीमा ३४३, कोशीमा २४६, गण्डकी २३४, लुम्बिनी २०७, सुदूरपश्चिम १७४ र कर्णाली प्रदेशमा ६२ जनामा डेङ्गु पुष्टि भएको छ । सबैभन्दा कम सङ्क्रमण मधेश प्रदेशमा छ । मधेशमा १७ जनामा डेङ्गु पुष्टि भएको छ । मधेशमा गर्मी हुने भएकाले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण मधेशमा हुनुपर्नेमा सबैभन्दा कम सङ्ख्या पुष्टि भएको छ । इपिडिमियोल...
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

देश, नागरिक, बिबिध, लाइभ खबर
नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, “मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।” मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन । त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसम...
टोखामा चल्यो गोली , दुई जना प्रहरीको नियन्त्रणमा

टोखामा चल्यो गोली , दुई जना प्रहरीको नियन्त्रणमा

लाइभ खबर, स्थानीय
टोखाको ग्राण्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएर दुई जना लागुऔ’षध कारोबारीलाई नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय सशिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम छन्। उनीहरूबाट दुई सय ग्राम खैरो हिरोइन पनि बरामद भएको छ। प्रहरीका अनुसार टोखा नगरपालिका वडा नं–३ मा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ब्न्युरोको टोली त्यहाँ पुगेको र त्यहाँ भेटिएका दुबैजनालाई नियन्त्रणमा लिने प्रयास हुँदा निजहरूले फलाम रडले प्रहरीमाथि आक्रमण गरेको र त्यसपछि प्रहरीले गोली चलाउनु परेको हो। उनीहरूको आक्रमणबाट प्रहरी वरिष्ठ हबल्दार नवराज घिसिङ र प्रहरी सहायक हबल्दार रवीन्द्र केसी घाइते भएका छन्। घाइतेहरू सबैको नेपाल ...
सात किलोग्राम सुनसहित रसुवा नाकाबाट एक जना पक्राउ

सात किलोग्राम सुनसहित रसुवा नाकाबाट एक जना पक्राउ

देश, लाइभ खबर
रसुवा नाकाबाट करिब सात किलोग्राम सुनसहित एक जना पक्राउ परेका छन्  ।चीनको केरुङबाट रसुवागढीनाका हुदै ल्याईएको  सुनलाइ  प्रहरीले बरामत गरेको हो  । केरुङ हुँदै रसुवागढी नाकाबाट स्याउको गाडिमा फल्स बटम बनाई लुकाएर ल्याएको भन्ने सुराकीको आधारमा खानतलासी गर्दा करिव साँढे सात किलो सुन बरामत भएको थियो   । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीको नेतृत्वको टालीले बा ४ ख ६२०१ नम्बर स्याउको कन्टेनर गाडिबाट आज दिउँसो साँढे सात किलो सुन फेला पारेको पुष्टि गरेको छ । प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीका अनुसार साँढे ७ किलो सुनसहित गाडि चालक गोसाइकुण्ड गाँउपालिका-५ का किशोर भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । सुन धनी को हुन भन्ने बारे भने बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।।...
आज देशभरको मौसम सफा रहने पूर्वानुमान

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

देश, लाइभ खबर, स्थानीय
काठमाडौँ। हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात हुने सम्भावना छ ।...
महाशिवरात्रिका लागि आकर्षक बनाइँदै पशुपति क्षेत्र

महाशिवरात्रिका लागि आकर्षक बनाइँदै पशुपति क्षेत्र

लाइभ खबर
काठमाडौँ – महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपति क्षेत्रलाई झिलिमिलि बत्ती, फूल र रङरोगनले सिँगार्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। बत्तीका कारण रातभर उज्यालो देखिने पशुपति क्षेत्र नेपालका राष्ट्रिय झन्डाको आकारमा सजाइएका बत्तीहरूले झन् आकर्षक बनेको छ। पर्वको व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिअन्तर्गत नौ वटा उपसमिति बनाई सुरक्षा, अनुगमन, स्वयंसेवा, स्वास्थ्य, साधुसन्त व्यवस्थापन, प्रचारप्रसार, आवास-भोजन, दर्शन तथा सरसफाइजस्ता विषयमा तयारी अन्तिम चरणमा पुर्‍याइएको छ। कोषका सदस्य सचिव  डा मिलनकुमार थापाका अनुसार महाशिवरात्रि पर्वलाई भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।...
फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

खेलकुद, लाइभ खबर
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ। बिहीबार टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो। टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उहाँको भनाइ थियो। उहाँले अमेरिका र वेस्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो। उहाँले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैँ खुला रहेको बताउनुभयो। उहाँले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा। तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन। अ...
सुनको मूल्य ओरालो लाग्यो

सुनको मूल्य ओरालो लाग्यो

देश, लाइभ खबर
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा रु एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु ५५ ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य रु एक हजार आठ सय ८५ छ ।...
चालु आर्थिक वर्षको १० महिनामा ६ लाखभन्दा बढी नेपाली रोजगारीका लागि विदेशिए

चालु आर्थिक वर्षको १० महिनामा ६ लाखभन्दा बढी नेपाली रोजगारीका लागि विदेशिए

प्रवास, लाइभ खबर
चालु आव २०८०/८१ को वैशाख मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ९ हजार ७०५ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो । वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेकाले यो वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षकै हाराहारीमा पुग्ने देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात लाख थियो । गत आवको १० महिनामा चाहिँ वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २५५ जना बाहिरिएको विभागको तथ्याङ्क छ ।...