बिबिध

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

देश, नागरिक, बिबिध, लाइभ खबर
नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, “मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।” मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन । त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसम...
ढुङ्गाले हानेर चार महिने छोराको हत्या

ढुङ्गाले हानेर चार महिने छोराको हत्या

बिबिध, स्थानीय
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर छोराको हत्या गरेकी छिन् । घिरिङ गाउँपालिका– ४ थामडाँकी ३६ वर्षीया कमला परियारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । परियारले चार महिनाको शिशु अर्जुन परियारको हत्या गरेको ढुङ्गाले हानी हत्या गरेकोले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । परियारले माइती घर नवलपुरको बौदीकाली गाउँपालिका अर्मलेमा जाने क्रममा छोराको हत्या गर्नुभएको हो । माइतिघर जाने क्रममा मानपुर–डेढगाँउ सडक खण्डमा कमलाले सोमबार साँझ ७ बजे ढुङ्गाले हानी गम्भीर घाइते बनाएकोमा स्थानीय बासिन्दाले घाइते बच्चालाई उपचारका लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा बालकको उपचारको क्रममा मृत्यु भएको  प्रनाउ थापाले जानकारी दिनुभयो । थापाका अनुसार छोराको हत्या गर्ने परियारलाई इलाका प्रहरी कार्यालय डेढगाउँ नवलपरासीले पक्राउ गरी थप अनुसन्धानका लागि ज...
शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

बिबिध, मुख्य खबर
काठमाडौँ, वैशाख ९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाउँदै भन्नुभयो, “उहाँ मैले बनाएको मन्त्री हो। मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु। सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।” प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैँकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र कांग्रेससँगको सहमति बमोजिम १५ महिनापछि आफूले सभापति द...
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा  मृत्यु

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा मृत्यु

प्रवास, बिबिध, मुख्य खबर
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । राष्ट्रपति रायसीको हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त भएपछि सोमबार भग्नावशेष भेटिएपछि उहाँको मृत्यु भएको पुष्टि भएको हो । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको थियो । समाचार एजेन्सी एपीका अनुसार हेलिकोप्टरमा इरानी राष्ट्रपति रायसीका अङ्गरक्षक, पाइलट, को–पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू सवार थिए । दुर्घटनामा राष्ट्रपति सवार बेल–२१२ हेलिकोप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ ।...
‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक-बाबुराम भट्टराई

‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक-बाबुराम भट्टराई

बिबिध, मनोरन्जन
काठमाडौँ, चैत २२ गते । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक चलचित्र बनेको बताउनुभएको छ । उहाँले मङ्गलबार बेलुकी महाजात्रा हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो भनाइ राख्नुभएको हो । “देशमा सुशासन, समृद्धिको कुरा गर्छौं तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई भिन्न शैलीमा चलचित्रमा प्रस्तुत गरिएको छ । नेताहरूले चलचित्र हेरेर मम भन्न सक्नु पर्छ,” पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “राजनीतिज्ञले सत्यलाई स्विकार्नु पर्छ तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । म फिल्म हेरिरहँदा कुनै क्षण भावुक भएँ, केही दृश्यमा आँसु रोक्न सकिनँ । समग्रमा चलचित्र हेरेर आनन्द आयो ।” उहाँले यस्ता चलचित्रले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयनलगायतका सम्पूर्ण पक्ष मन परेको बताउनुभयो । “च...
इरानसँग युद्ध अमेरिकाको चाहना

इरानसँग युद्ध अमेरिकाको चाहना

प्रवास, बिबिध
अमेरिका, माघ १७ गते । अमेरिकाले राष्ट्रपति जो बिडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदमा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताउनु भयो । उहाँले सैनिक मृत्यु प्रकरण निन्दनिय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गर्नुभयो । बाइडेनले संयुक्त राज्यले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । किर्बीको टिप्पणीपछि विदेश सचिव एन्टोनी ब्लिन्केनले आफूहरुले द्वन्द्वलाई फैलिनबाट रोक्न चाहेको बताउनु भयो । आफूहरु द्वन्द्व फैलिनबाट रोक्न काम गरिरहेको बताउनु भयो । सिरियासँगको सीमा नजिकै उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्...
यू-१९ विश्वकपः नेपालले आज सुपर सिक्समा बंगलादेशसँग भिड्दै

यू-१९ विश्वकपः नेपालले आज सुपर सिक्समा बंगलादेशसँग भिड्दै

खेलकुद, प्रवास, बिबिध, लाइभ खबर
काठमाडौं- दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । तर खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो । सुपर सिक्समा नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो । अब बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ । तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट बाहिरिएका छन् । सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आ...
गोरखा दरवार क्षेत्रको वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

गोरखा दरवार क्षेत्रको वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

देश, बिबिध, स्थानीय
गोरखा- ऐतिहासिक गोरखा दरवार क्षेत्रको राष्ट्रिय वनमा सोमवार साँझदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । राष्ट्रिय वनअन्तर्गत गोरखा नगरपालिका वडा नम्वर ४ र वडा नम्वर ६ क्षेत्रमा सोमवार साँझ ६ वजेतिरबाट डढेलो लाग्न शुरु भएको थियो । सोमबार साँझै नेपाली सेनाको रिपूमर्दन गण, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएपनि असजिलो भौगोलिक बनौटका कारण पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले बताउनुभयो । मंगलवार दिउँसो केही नियन्त्रणमा आए जस्तो देखिएपनि फेरि डढेलो फैलन शुरु भएको छ । राष्ट्रिय वनको कुहिरेभीर क्षेत्रमा डढेलो लागेको हो । वस्तीबाट करिव पाँच सय मिटरको क्षेत्रसम्म आगोलागी भैरहेको घिमिरेले बताउनुभयो । भीरमा फैलिएको आगो नियन्त्रणका लागि दमकलको प्रयोग गर्न पनि नसकिएको उहाँको भनाई छ ...
यसपटक शैक्षिक सत्र सुरुवातसँगै विद्यार्थीका हातहातमा पुस्तक

यसपटक शैक्षिक सत्र सुरुवातसँगै विद्यार्थीका हातहातमा पुस्तक

देश, बिबिध, लाइभ खबर, स्थानीय
काठमडौं- नयाँ शैक्षिक सत्र शुरुवात हुँदै गर्दा देशका ५९ जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । बाँकी रहेका १८ जिल्लामा पनि वैशाख १० गतेभित्र पुस्तक पुर्‍याइने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विगत वर्षमा शैक्षिक सत्र शुरु भएको महिनौ दिनसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या रहेकोमा यो सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने भएको छ । विद्यार्थीहरुका लागि पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस ५ गतेदेखि २४ सै घन्टा पुस्तक छाप्ने काम गरेका कारण शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि नै पर्याप्त मात्रामा पुस्तकहरु उत्पादन भएका हुन् । जनक शिक्षाले मात्रै यस वर्षका लागि १ करोड ५० लाख भन्दा धेरै वटा पुस्तक छापेको छ । सामुदायिक विद्यालयका लागि ६ देखि १० कक्षासम्मका पुस्तक जनक शिक्षाले छापेको छ । सबै निजी तथा संस्थागत विद्यालयमा पढा...
संवैधानिक परिषद्को बैठक आह्वान, प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने तयारी

संवैधानिक परिषद्को बैठक आह्वान, प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने तयारी

देश, बिबिध, मुख्य खबर, लाइभ खबर, स्थानीय
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बिहान ९ बजे संवैधानिक परिषद्‍को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो । उहाँले सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूबीच हिजो भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो । शुक्रबारको सो बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सक्ने बताइएको छ । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्य...