साहित्य

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न

साहित्य
काठमाडौँ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न भएको छ । चिःबहाल परिवार, ठमेलको सहआयोजनामा सम्पन्न काव्योत्सवमा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले आफ्नो वडाभित्र हुने साहित्यिक कर्ममा आफ्नो सहयोग रहने बताउनुभयो । उहाँले कविको कलम नकारात्मक कुराविरुद्ध समाजलाई व्यवस्थित गर्नेतर्फ चल्ने कुरामा आफू आशावादी भएको बताउनुभयो । गीतकार राजेन्द्र शलभले कविता सुनाउँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । लोकगायक मच्छेश्वर सापकोटाले लोकगीत गाउँदै विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउन जरुरी भएको बताउनुभयो । कार्यक्रममा स्नेह सायमिले चिःबहालका बारेमा आफ्ना कुरा राख्दै कविता सुनाउनुभयो । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले प्रतिष्ठानले स्थापनाको सुरुमै धेरै साहित्यिक गतिविधि सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।...
बज्रयोगिनी साधाना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

बज्रयोगिनी साधाना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

मुख्य खबर, साहित्य, स्थानीय
दशौ अन्तरास्ट्रिय योग दिवसको अवसरसंगै  भव्य रुपमा बज्रयोगिनी साधाना केन्द्रले वार्षिकोत्सब सम्पन्न गरेको  छ । ३ दिवसिय कार्यक्रम अन्तर्गतको आज पहिलो दिनको कार्यक्रम योग जागरण सम्बन्धी प्रेभातफेरि गर्दै  तारकेश्र्व्रर नगरपालिकामा वार्षिकोत्सब सम्पन्न भएको हो  गरौ योग- रहौ निरोग ,घर घरमा योग जन जन योग , महिला सशक्तीकरणका लागि योग , सबैका लागि योग सधैका लागि योग , रक्तदान जीवन दान ,लेखिएका प्लेकार्ड र योग जागरण सम्बन्धित ब्यानरहरु सहित सुरु गरिएको प्रभातफेरिको शुभारम्भ तारकेश्र्व्रर नगरपालिकामा पतन्जली योग समितीका अध्यक्ष चन्द्र सापकोटाले गर्नु भएको थियो । यस कार्यक्रम  सात वटा योग साधना केन्द्रहरु - अर्किड , स्वतभैरब , मिलन बस्ती , गुप्तेश्र्वर ,गोलढुंगा, सेक्रेड हार्ट र ता .न. पा खेलकुद संघबाट साधक साधिकाहरुको उल्लेखनीय सहभागिताका साथ सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रम...