स्थानीय

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

लाइभ खबर, स्थानीय
रौतहट- चन्द्रपुर नगरपालिका-१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो । मङ्गलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्नेक्रममा ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसैबीच रौतहट प्रहरीले मङ्गलबार नै ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक रायले जानकारी दिनुभयो । गौरस्थित बिपीचोकबाट चन्द्रपुर–४ का २७ वर्षीय अजय विकलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको ना१ह ७८९३ नम्बरको इ–रिक्सामा लुक...
झापामा तीन स्थानमा तीन जना मृत फेला

झापामा तीन स्थानमा तीन जना मृत फेला

नागरिक, मुख्य खबर, स्थानीय
झापा जिल्लामा तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका  ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छ जनाइएको छ । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।...
टोखामा चल्यो गोली , दुई जना प्रहरीको नियन्त्रणमा

टोखामा चल्यो गोली , दुई जना प्रहरीको नियन्त्रणमा

लाइभ खबर, स्थानीय
टोखाको ग्राण्डी अस्पताल नजिकै लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएर दुई जना लागुऔ’षध कारोबारीलाई नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय सशिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम छन्। उनीहरूबाट दुई सय ग्राम खैरो हिरोइन पनि बरामद भएको छ। प्रहरीका अनुसार टोखा नगरपालिका वडा नं–३ मा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ब्न्युरोको टोली त्यहाँ पुगेको र त्यहाँ भेटिएका दुबैजनालाई नियन्त्रणमा लिने प्रयास हुँदा निजहरूले फलाम रडले प्रहरीमाथि आक्रमण गरेको र त्यसपछि प्रहरीले गोली चलाउनु परेको हो। उनीहरूको आक्रमणबाट प्रहरी वरिष्ठ हबल्दार नवराज घिसिङ र प्रहरी सहायक हबल्दार रवीन्द्र केसी घाइते भएका छन्। घाइतेहरू सबैको नेपाल ...
विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेस

विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेस

देश, स्थानीय
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आज समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितिमा समिति सभापति अमरबहादुर खड्कालाई उपसमिति संयोजक छविलाल विश्वकर्माले प्रतिवेदन बुझाउनुभएको हो । उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा विद्यालय सुधारका विषय समेटिएको बताउनुभयो । “प्रतिवेदनमा प्रधानाध्यापकलाई जिम्मेवार र जबाफदेही बनाउने हो भने विद्यालय सुधार गर्न सकिन्छ भन्ने कुरा समेटेका छौँ”, उहाँले भन्नुभयो, “चाँडै चाँडै गरिने सरुवालाई नियन्त्रणको व्यवस्था प्रतिवेदनमा समावेश गरिएको छ ।” उपसमिति संयोजक विश्वकर्माले प्रतिवेदनमा अपुरा रहेका कुरालाई समितिमा छलफल गरेर अगाडि बढ्नेसमेत बताउनुभयो । उहाँका अनुसार १६३ दफामा रहेको विधेयकमा उपसमितिले १७२ दफा बनाएको छ । ...
डोटीमा सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु

डोटीमा सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु

देश, मुख्य खबर, स्थानीय
डोटीमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भिमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गोल्डेनमा आज विहान भएको दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरीकार्यलय डोटीले जनाएको छ । जिल्लको जोरायल गाउँपालिका वडा नम्बर–१ गोल्डेनमा धनगढीबाट बझाङतर्फ जाँदै गरेको अन्दाजी ३२-३३ बर्षका अर्जुन धामीले चलाएको सु.प.प्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न्र र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको हो । अन्य दुई जनाको नाम थर र वतन खुल्न बाकी रहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
आज देशभरको मौसम सफा रहने पूर्वानुमान

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

देश, लाइभ खबर, स्थानीय
काठमाडौँ। हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात हुने सम्भावना छ ।...
ढुङ्गाले हानेर चार महिने छोराको हत्या

ढुङ्गाले हानेर चार महिने छोराको हत्या

बिबिध, स्थानीय
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर छोराको हत्या गरेकी छिन् । घिरिङ गाउँपालिका– ४ थामडाँकी ३६ वर्षीया कमला परियारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । परियारले चार महिनाको शिशु अर्जुन परियारको हत्या गरेको ढुङ्गाले हानी हत्या गरेकोले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । परियारले माइती घर नवलपुरको बौदीकाली गाउँपालिका अर्मलेमा जाने क्रममा छोराको हत्या गर्नुभएको हो । माइतिघर जाने क्रममा मानपुर–डेढगाँउ सडक खण्डमा कमलाले सोमबार साँझ ७ बजे ढुङ्गाले हानी गम्भीर घाइते बनाएकोमा स्थानीय बासिन्दाले घाइते बच्चालाई उपचारका लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा बालकको उपचारको क्रममा मृत्यु भएको  प्रनाउ थापाले जानकारी दिनुभयो । थापाका अनुसार छोराको हत्या गर्ने परियारलाई इलाका प्रहरी कार्यालय डेढगाउँ नवलपरासीले पक्राउ गरी थप अनुसन्धानका लागि ज...
बज्रयोगिनी साधाना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

बज्रयोगिनी साधाना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

मुख्य खबर, साहित्य, स्थानीय
दशौ अन्तरास्ट्रिय योग दिवसको अवसरसंगै  भव्य रुपमा बज्रयोगिनी साधाना केन्द्रले वार्षिकोत्सब सम्पन्न गरेको  छ । ३ दिवसिय कार्यक्रम अन्तर्गतको आज पहिलो दिनको कार्यक्रम योग जागरण सम्बन्धी प्रेभातफेरि गर्दै  तारकेश्र्व्रर नगरपालिकामा वार्षिकोत्सब सम्पन्न भएको हो  गरौ योग- रहौ निरोग ,घर घरमा योग जन जन योग , महिला सशक्तीकरणका लागि योग , सबैका लागि योग सधैका लागि योग , रक्तदान जीवन दान ,लेखिएका प्लेकार्ड र योग जागरण सम्बन्धित ब्यानरहरु सहित सुरु गरिएको प्रभातफेरिको शुभारम्भ तारकेश्र्व्रर नगरपालिकामा पतन्जली योग समितीका अध्यक्ष चन्द्र सापकोटाले गर्नु भएको थियो । यस कार्यक्रम  सात वटा योग साधना केन्द्रहरु - अर्किड , स्वतभैरब , मिलन बस्ती , गुप्तेश्र्वर ,गोलढुंगा, सेक्रेड हार्ट र ता .न. पा खेलकुद संघबाट साधक साधिकाहरुको उल्लेखनीय सहभागिताका साथ सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रम...
काठमाडौँ उत्तरी क्षेत्रमा हुने शैक्षिक मेलाबाट ९ हजार विद्यार्थी लाभान्वित हुने

काठमाडौँ उत्तरी क्षेत्रमा हुने शैक्षिक मेलाबाट ९ हजार विद्यार्थी लाभान्वित हुने

स्थानीय
काठमाडौँको उत्तर भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि गर्न लागेको प्रथम उत्तरी क्षेत्र ‘शिक्षा मेला–२०८१’ मा करिब ९ हजार विद्यार्थी लाभान्वित हुने भएका छन् । उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन) को आयोजना तथा स्काइ भिजन फाउन्डेसनको संयोजनमा यही असार ७ गते शुक्रबार मेला आयोजना हुन लागेको हो । स्काइ भिजन फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन गरी माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका यस क्षेत्रका करिब ९ हजार विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका सञ्चालक सुनिल भट्टराईले उत्तरी क्षेत्रमा सञ्चालित विद्यार्थीको शैक्षिक उन्नयनका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिए । मेलामा विद्यार्थी...
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

देश, मुख्य खबर, स्थानीय
चितवन। चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका–६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीको (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ बस्ने २९ वर्षीय क्रान्ति खड्का, ३८ वर्षीय लेखनाथ सुनार, सोही नगरपालिका–१५ बस्ने ५० वर्षीय छविलाल परियार, ३६ वर्षीय प्रकाश घिमिरे, बुलिङटार गाउँपालिका–४ बस्ने ३५ वर्षीय खिमबहादुर बराल र बझाङको छबिसपाथिभरा गाउँपालिका–१ बस्ने २७ वर्षीय प्रकाशराज जोशी रहेका छन् । उनीहरूमध्ये खड्काको साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग (आखेटोपहार) एक थान फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । उक्त खाग विसं २...