टोखा नगरपालिका मेयरमा प्रकाश अधिकारी पुनः निर्वाचित
काठमाडौं, ४ जेठ । टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी रजनी थापालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि उनले जित हासिल गरेका हुन् ।
निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत प्राप्त गरेकी छिन् ।
यसै गरि टोखा नगरपालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । उनले १० हजार १३२ मत प्राप्त गर्दै एमालेकी उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गरेका हुन् । ज्ञानमायाले ९ हजार ५१८ मत प्राप्त गरेकी छिन् ।
निर्वाचन बाट यस अघि नै नगरपालिका भित्र का वडाका वडा अध्यक्षहरु तथा सदस्यहरु निर्वाचित भइ सकेका छन जसमा दुइ वटा वडा मा नेपाली कांग्रेस ले जित हासिल गरेको छ भने बाकी सबै नौ वटा वडा मा नेकपा एमाले ले जित हासिल गरेको छ...
