हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : प्रमुख बालेन्द्र
काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा लागिरहेको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताउनुभएको हो । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुलाई निराश नबनाउने उहाँले दावी गर्नुभएको छ । मेयर शाहले लेख्नुभएको छ– हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैंले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढी अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौं , त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सक...




