बिबिध

काठमाडौं र भक्तपुरका प्रशासनिक सेवा आज र भोलि प्रभावित

काठमाडौं र भक्तपुरका प्रशासनिक सेवा आज र भोलि प्रभावित

बिबिध
२८ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही आज र भोलि (वैशाख २८ र २९ गते) कार्यालयको सेवा प्रभावित हुने जनाएका छन् । ‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै जिल्ला प्रशासन कार्यालयहरुले मंगलबार जारी गरेको सूचनामा लेखिएको छ । तर ललितपुर जिल्ला प्रशासन कार्यालयले भने यस्तो सूचना जारी गरेको छैन । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कर्मचारीहरु सीमित भए पनि तिनै कर्मचारीहरुबाट सेवा दिइरहेको बताए । ‘निर्वाचनमा खटिनु पर्ने भएकाले कर्मचारीहरु सीमित त हुनुहुन्छ तर सेवाग्राहीहरुको चाप पनि छैन । त्यसैले थोरै कर्मचारीहरुबाटै अत्यावश्यक सेवा दिइरहेका छौं...

उम्मेदवारको सवारी पास अब निर्वाचन अधिकृतकै कार्यालयबाट

बिबिध
२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुले सम्बन्धित स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयबाटै सवारी पास लिने व्यवस्था मिलाइएको छ । यसअघि सम्बन्धित स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पत्र जारी गर्ने कार्यविधि थियो । त्यसलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतकै कार्यालयबाट सोझै सवारी पास लिने व्यवस्था मिलाइएको हो । जिल्ला प्रशासन कार्यालयबाट पहिले नै सवारी पास लिइसकेकाहरुको हकमा सोही पास मान्य हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । सोही व्यवस्था अनुसार सवारी पास लिन जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेका छन् ।...
नेकपा एमालेले कुनै पनि धाँधली गर्दैन, लोकतन्त्रको रक्षा गर्छः अध्यक्ष ओली

नेकपा एमालेले कुनै पनि धाँधली गर्दैन, लोकतन्त्रको रक्षा गर्छः अध्यक्ष ओली

बिबिध
काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले कुनै पनि धाँधली नगर्ने तर लोकतन्त्रको रक्षामा खटिने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी तर्फ लक्षित गर्दै एमाले कायकर्ताहरुले कहीँ कतै धाँधली नगर्ने बताए । उनले माओवादीतर्फ कटाक्ष गर्दै एमालेले मतपत्र च्यात्ने, धम्की दिने, धाँधली गर्ने कार्य नगर्ने बताए । एमाले लोकतन्त्र रक्षाका लागि कटिवद्ध भएको उनले बताए । ओलीले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकायका पदाधिकाहरुलाई पनि निष्पक्ष र स्वतन्त्र भएर निर्वाचन सम्पन्न गर्र्न आग्रह गरे ।...
महानगरमा मेयरका उम्मेदवार केशव स्थापितले मागे माफी

महानगरमा मेयरका उम्मेदवार केशव स्थापितले मागे माफी

बिबिध
काठमाडौं । एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी मागेका छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताए । ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने । आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने उनले बताए ।...
टोखामा प्रकाश अधिकारीको पहलमा २० वटा महत्वपूर्ण काम : के के भए ? (सूचि सहित)

टोखामा प्रकाश अधिकारीको पहलमा २० वटा महत्वपूर्ण काम : के के भए ? (सूचि सहित)

बिबिध
टोखा काठमाडौं । टेोखा नगरपालिकाको निर्बतमान मेयर प्रकाश अधिकारीले पाँच वर्षको अवधिमा चुनावको बेलामा गरिएको प्रतिबद्धता अनुसार ८० प्रतिशत काम सम्पन्न भएको बताउनु भएको छ । मंगलबार नेकपा एमाले द्धारा आयोजित जनसभालाई सम्बोधन गर्दे ८० प्रतिशत काम समपन्न भएको र केही बाकी अधुरा योजना तथा सपनाहरु पुरा गर्नु पुन मेयरको उम्मेद्धवार भएको बताउनु भयो । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले पाँच वर्षको अवधिमा धेरैनै काम गरेका छन् । पाँच बर्षमा के के काम भए  ? १ ) १०३ किलोमिटर सडक कालोपत्रे तथा ढलान बिकाशको मेरुदण्ड सडकनै भएकाले मेयर अधिकारीको अगुवाईमा मुख्य सडकको कालोपत्रे , ढल निमार्ण , सडक ढलानको कार्य सम्पन्न भएको छ । २०७४ सालको निर्वाचनमा हिलाम्मे र धुलाम्मे सडकोको कालोपत्रे सम्पन्न भएको छ भने टोल बस्ती बस्तीहरुमा ढलानको काम सम्पन्न भएको छ । एमालेबाठ निर्वाचित मेयर अधिकारीको अगुवाईमा प्रदेश सरक...
एमालेले आज चितवन र बुटवलमा चुनावी सभा गर्दै

एमालेले आज चितवन र बुटवलमा चुनावी सभा गर्दै

बिबिध
२५ वैशाख, चितवन । नेकपा एमालेले आज चितवनको भरतपुर र रुपन्देहीको बुटवलमा चुनावी सभा गर्दै छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् । चितवनमा क्याम्पाचौरमा दिउँसो १२ बजे सभा आयोजना गरिएको छ । सो सभालाई ओलीसहित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका छन् । भरतपुरको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङको उमेदवारी छ । मौन अवधी सुरु हुन तीन दिन मात्रै बाँकी रहँदा उमेदवारहरुले चुनावी घरदैलोलाई तीव्र बनाएका छन् । यसअघि पाँच दलीय गठबन्धनले वैशाख २२ गते भरतपुरमा चुनावी सभा आयोजना गरेको थियो । गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई उम्मे...
पोखरामा सत्ता गठबन्धनको संयुक्त सभा आज, भोलि एमालेको

पोखरामा सत्ता गठबन्धनको संयुक्त सभा आज, भोलि एमालेको

बिबिध
२५ वैशाख, काठमाडौं । सत्ता गठबन्धनले आज कास्कीको पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्दैछ । बिहान ११ बजे अमरसिंह चौरमा हुने सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार छन् । सत्ता गठबन्धन र एमालेले पोखरा महानगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिएका छन् । पोखराको सभापछि आजै दाङको घोराहीमा हुने  सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज सत्ता गठबन्धनको सभापछि भोलि एमालेले पोखरामा सभा गर्दैछ । सो सभालाई अध्यक्ष केपी शर्मा ओलीले ...
उम्मेदवारले अन्य दलको चुनाव चिह्न र झण्डा प्रयोग नगर्नू : निर्वाचन आयोग

उम्मेदवारले अन्य दलको चुनाव चिह्न र झण्डा प्रयोग नगर्नू : निर्वाचन आयोग

बिबिध
२४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आफू उम्मेदवार भएको दलबाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गरी कतिपय उम्मेदारले अन्य दलको झण्डा प्रयोग गरेर चुनाव प्रचार गरेको उजुरी परेको बताएको छ । चुनाव प्रचारका क्रममा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झण्डा तथा चिह्न प्रयोग गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । निर्वाचन आचारसंहिता अनुसार ३ फिट लम्बाइ र ३ फिट चौडाइको झण्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले डिजिटल बोर्ड, फ्...
निर्वाचन भयरहित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

निर्वाचन भयरहित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

बिबिध
२४ वैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एव‌ं भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्ने बताएकी छन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा बोल्दै उनले निष्पक्ष सूचना सम्प्रेषणबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्‍याउनुपर्ने बताए । राष्ट्रपति भण्डारीले जिम्मेवार पत्रकारिताले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रुपमा साकार तुल्याउने पनि बताइन् । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गरे । उनले सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्र...
कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

खेलकुद, देश, प्रवास, बिबिध, मनोरन्जन, स्थानीय
चामल खाँदै नखानुहोस्, आलु छुनै हुन्न ।’ यस्तै प्रचार गर्दै कतिपयले मोटोपन नियन्त्रण गर्ने सूत्र दिइरहेका छन् । चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटयुक्त खानेकुराले मोटोपन बढाउँछ भन्ने बुझाइ व्याप्त छ । यसैलाई शिरोधर गर्दै धेरैले आफ्नो खानाबाट धमाधम कार्बोहाइड्रेट कटौती गरिरहेका छन् । कतिले भनिरहेका छन्, ‘कार्बोहाइड्रेटयुक्त खानेकुरा छाडेपछि उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग समेत निको हुन्छ ।’ के वास्तवमै शरीरका लागि कार्बोहाइड्रेट जरुरी छैन ? कार्बोहाइड्रेटले शरीरमा के काम गर्छ ? कार्बोहाइड्रेटले मोटोपन बढ्छ ? कार्बोहाइडेट कार्बन हाइड्रोजन र अक्सिजन मिलेर बनेको पदार्थ हो । यो पोषक तत्वले शरीरमा ऊर्जा प्रदान गर्छ । शरीरको कुल उर्जाको ८० प्रतिशत भाग यसैबाट प्राप्त हुन्छ । त्यसैले कार्बोहाइड्रेट हाम्रो शरीरका लागि अत्यावश्यक छ । सामान्यता एउटा स्वस्थ...