बिबिध

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

बिबिध
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवे...
बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन पम्पहरुलाई आग्रह

बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन पम्पहरुलाई आग्रह

बिबिध
शुक्रबार र शनिबार दुई दिनको सार्वजनिक बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन आयल निगमको थानकोट डिपोले पेट्रोल पम्पहरुलाई आग्रह गरेको छ । बिहीबार बागमती पेट्रोलियम डिलर्स एसोसिएसन र काभ्रे पेटोलियम डिलर्स एसोसिएसनलाई पत्राचार गर्दै डिपो प्रमुख सैलेन्द्र भुसालले आफ्नो पूर्ण क्षमताअनुसार तेल भर्न र बिक्री वितरण नियमित राख्न आग्रह गरेका हुन् । यो साता शुक्रबार जनैपूर्णिमाका कारण दुई दिन लगातर सार्वजनिक बिदा परेको छ । दुई दिन डिपोबाट इन्धन वितरण नहुँदा बजारमा अभाव सृजना नहोस भन्न पम्पहरुलाई सचेत गराइएको डिपोको भनाइ छ । बिहीबार पछि एकैचोटी आइतबार निगमको डिपो खुल्नेछ ।...
प्रचण्डलाई बाबुरामको प्रस्ताव : मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लडौं

प्रचण्डलाई बाबुरामको प्रस्ताव : मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लडौं

बिबिध
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ । नेसपाका अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका हुन् । ‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,’ नेसपा स्रोतले भन्यो, ‘उहाँहरुले सल्लाह गरौंला भन्नुभएको छ ।’ भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए ।...
नुवाकोटको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति

नुवाकोटको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति

बिबिध
अविरल वर्षाका कारण नुवाकोटकको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति पुर्याएको छ । मंगलबार तादी खोलामा  आएको बाढीबाट  नुवाकोट– १ का विभिन्न ठाउँमा क्षति पुर्याएको हो । नेपाली काँग्रेस नुवाकोट – १  प्रदेश (ख) का सभापति रामजी पौडेलले बाढीले दुप्चेश्वर गाउँपलिकाको राउतबेँसीमा बस्तीमा सबेत क्षति पुगेको बताए । उनले राउतबेँसीमा खेती योग्य जमिन बगरमा परिणत भएको र पशु चौपाया  पनि बाढीले बगाएको पौडेलले बताए । यस्तै पन्चकन्या गाउँपालिका सिमरामा खेतीयोग्य जमीन खण्डहरमा परिणत भएको उनको भनाइ छ । त्यस्तै सातबीसे र थप्रेक जोडने तादीखोलको पुलको एउटा भाग भासिएको छ । उक्त सडक अवरुद्ध छ । लिखु गाउँपालिका ढिकुरेको पक्की पुलमा क्षति हुँदा काठमाडौ आउजाउ गर्न अवरुद्ध भएको पौडेलले बताए । उनका अनुसार थप्रेक, आप्र र बाहुनबेसी र ढिकुरे जोड्ने पक्की पुलहरुमा व्यापक क्षति पुगेको छ । काँग्रेस प्रवक्ता म...
बझाङमा एकै परिवारका तीनजना मृत

बझाङमा एकै परिवारका तीनजना मृत

बिबिध
बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र उनका दुई जना छोराछोरी मृत फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले  जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ । स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिएको छ ।    ...
भारी वर्षाका कारण खोला किनारका बस्ती डुबानमा

भारी वर्षाका कारण खोला किनारका बस्ती डुबानमा

बिबिध
काठमाडौंमा गएरातिको भारी वर्षाका कारण ठाउँ-ठाउँ डुबानमा परेका छन् ।वर्षा र बाढीका कारणले खोला किनारका बासिन्दाहरु प्रभावित बनेका हुन् ।विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् । त्यस्तै, भक्तपुर काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित प्रहरीले जनाएको छ । त्यस्तै, हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका १५ मानिसहरुको उद्धार भएको र अन्यको जारी रहेको प्रहरीको भनाइ छ । त्यस्तै, सुकुम्बासी टोलका केही टहरा पनि बाढीले भत्काएको बताइएको छ । गएराति काठमाडौंमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताका लागि सूचना जारी गरेको थियो । बाढी सूचना केन्द्रले भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल...
बालाजुको आगलागी नियन्त्रणबारे गृहमन्त्री खाणको चासो

बालाजुको आगलागी नियन्त्रणबारे गृहमन्त्री खाणको चासो

बिबिध
गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् । थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) रबिन्द्रबहादुर धानुक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौंका जिल्लाका सुरक्षा प्रमुखहरूलाई आगलागी नियन्त्रण यथाशक्य गर्न निर्देशन दिएका हुन् । काठमाडौंका प्रजिअ रिजालले विद्युत सट भएर आगलागी भएको र अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए । एआईजीपी धानुकले गृहमन्त्रीले आगलागी नियन्त्रण थप शक्ति र सा...
चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिए

चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिए

बिबिध
कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌ंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो । जबकी ३१ वैशाखमा संक्रमित संख्या एक अंक अर्थात (२) मा झरेको थियो । १ असारमा पनि संक्रमणदर ०.६४ प्रतिशत मात्र थियो । तर डेढ महिनामा कोरोना संक्रमणदर झण्डै ३० गुणाले बढ्दै (१७.३०) प्रतिशतमा पुगेको छ । समग्रमा देशभरको संक्रमण दर एन्टिजेन तथा पीसीआर परीक्षणमा १७.३० प्रतिशत भए पनि सरकारी प्रयोगशालाहरुको तथ्यांक हेर्दा परीक्षण गरिएको ४५ प्रतिशतसम्म संक्रमण तथ्यांकले देखाउँछ । त्रिवि शिक्षण अस्पतालमा पछिल्लो २४ घन्टामा १३९ नमुना परीक्षण (पीसीआर) गरिएको थियो, जसमध्ये ६० जनामा संक्रमण पुष्टि भएको छ । यो ४३ प्रतिशत भन्दा बढी हो । पाटन अस्पतालको प्रयोगशालामा पछिल्लो तथ्यांक अनुसार ३३ नमुना प...
भन्सार छली ल्याइएको १० लाखको सामानसहित एक जना पक्राउ

भन्सार छली ल्याइएको १० लाखको सामानसहित एक जना पक्राउ

बिबिध
धनुषा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएको १० लाख भन्दा बढीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट १० लाख १५ हजार १ सय ७५ रुपैयाँ बराबरको सामानसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको विदेह नगरपालिका २ दुहबी चोकमा भारतबाट अवैध रुपमा भन्सार छली गरी मोटरसाइकलमा ल्याइएका अन्दाजी ५० हजार ४ सय ५० रुपैयाँ बराबरको चिनी बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै जनकपुरधाम उपमहानगरपालिका ३ जनक चोकबाट मोटरसाइकलमा ल्याइएको करिब ६ लाख ४६ हजार बराबरको लत्ताकपडा बेवारिसे अवस्थामा बरामद गरेकोको छ भने औरही गाउँपालिका २ देउरी चोकबाट अटोमा ल्याउँदै गरेको अटोसहित ३ लाख १८ हजार ७ सय २५ बराबरका लत्ताकपडासहित धनुषाक...
बञ्चरेडाँडामा फोहोर फाल्न गएको गाडीमाथि तोडफोड

बञ्चरेडाँडामा फोहोर फाल्न गएको गाडीमाथि तोडफोड

बिबिध
बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी तोडफोड भएको छ। सोमबार राति बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी र डोजर केही व्यक्तिले तोडफोड गरेको काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए। उनका अनुसार सिसडोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा राखिएको फोहोरको गाडी तोडफोड भएको हो। जम्मा १७ वटा गाडी तोडफोड भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए। १४ वटा फोहोरको टिपर, दुइटा डोजर र एउटा स्काभेटर तोडफोड भएको छ,’ भट्टले भने, ‘हिजो फोहोर विसर्जन गर्न गाडीहरू सिसडोल पुगेको थियो। फोहोर फाल्न पुगेको गाडीहरूलाई बञ्चरेडाँडामा फोहोर फाल्न नदिन स्थानीयहरूले अवरोध गरेका थिए।’ स्थानीयको अवरोधका बाबजुद सुरक्षाकर्मीको सहायतामा केही गाडीका फोहोर फालिएको भट्टले बताए। अवरोधकै कारण केही गाडीको फोहोर भने खसाल्न बाँकी थियो। ती गाडी भने बीच बाटोमा रोकेर राखिएको थियो। सोमबा...