मतदाता परिचयपत्र छपाइ : ७४ सालमा साढे १३ रुपैयाँ, अहिले ४ रुपैयाँ
निर्वाचन आयोगले २०७४ सालको पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय निर्वाचनमा ९ रुपैयाँ ९९ पैसामा एउटा मतदाता परिचयपत्र छाप्यो । तेस्रो चरणमा पुग्दा त्यो दर महंगिएर १३ रुपैयाँ ५० पैसा पुग्यो । ५ वर्षपछि निर्वाचन आयोगले त्यही परिचयपत्र ३ रुपैयाँ ९० पैसामा छाप्यो ।
‘यो पाँच वर्षको अवधिमा ४ देखि साढे ८ प्रतिशतसम्म मूल्यवृद्धि भएको देखिन्छ, औसतमा हरेक वर्ष ५ प्रतिशतका दरले मूल्यवृद्धि भएको छ’ निर्वाचन आयोगको आर्थिक प्रशासन शाखा सम्बद्ध स्रोतले भन्यो, ‘अहिले ४ रुपैयाँमा छपाइ हुने सामान त्यतिबेला साढे १३ रुपैयाँ पर्नु निकै अनौठो भयो ।’
निर्वाचन आयोगले एउटा कम्पनीलाई स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनका लागि प्रतिथान ९ रुपैयाँ ९९ पैसामा मतदाता परिचयपत्र छाप्ने जिम्मेवारी दिएको थियो । दुई चरणको निर्वाचन सकिएपछि आयोगले १२ भदौ २०७४ मा निर्णय गरेर त्यति नै दरमा मतदाता परिचयपत्र छाप्न आग्रह गर्...
