Author: नागरिक

सङ्गीतले अझै गम्भीर बनायो -लोकबहादुर रसाइली

सङ्गीतले अझै गम्भीर बनायो -लोकबहादुर रसाइली

मनोरन्जन
काठमाडौँ, चैत १६ गते । सानैदेखि गीत सङ्गीतमा रुचि राख्नुहुने रोल्पाको लुङ्ग्री गाउँपालिका–६ का लोकबहादुर रसाइली नायक राजेश हमालबाट प्रेरित भएर कलाकारिता क्षेत्रमा लागेको बताउनुहुन्छ । दुई दर्जन गीतमा मोडलिङ तथा आधा दर्जन गीत गाइसक्नुभएका उहाँले २०६७/६८ सालमा काठमाडौँ आएर म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । उहाँले अभिनय गर्नुभएको म्युजिक भिडियो युट्युबमा लाखौँ पटक हेरिएका छन् । गायन र अभिनयमार्फत मेला महोत्सवमा सहभागी जनाउनुभएका रसाइली भन्नुहुन्छ, “यसरी नै जीवन चलिरहेको छ । इमानदार भएर मेहनत गर्ने हो भने जीवन चलाउन पनि कलाकारितामा सजिलो हुँदै जाने रहेछ ।” इमानदार भएर मेहनत गर्ने हो भने जीवन चलाउन पनि कलाकारितामा सजिलो हुँदै जाने रहेछ । अभिनय र गायनलाई नै आफ्नो प्रमुख पेसा बनाएका रसाइलीले अन्तर्राष्ट्रिय म्युजिक अवार्ड, मलेसिया, थाइल्यान्ड, सिङ्गापुरलगायतका देशमा नेपाल...
इरानसँग युद्ध अमेरिकाको चाहना

इरानसँग युद्ध अमेरिकाको चाहना

प्रवास, बिबिध
अमेरिका, माघ १७ गते । अमेरिकाले राष्ट्रपति जो बिडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदमा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताउनु भयो । उहाँले सैनिक मृत्यु प्रकरण निन्दनिय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गर्नुभयो । बाइडेनले संयुक्त राज्यले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । किर्बीको टिप्पणीपछि विदेश सचिव एन्टोनी ब्लिन्केनले आफूहरुले द्वन्द्वलाई फैलिनबाट रोक्न चाहेको बताउनु भयो । आफूहरु द्वन्द्व फैलिनबाट रोक्न काम गरिरहेको बताउनु भयो । सिरियासँगको सीमा नजिकै उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्...
आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

जिबनशैली, देश, मुख्य खबर, स्थानीय
काठमाडौँ। पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको हो । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू–भागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । ती दुवै मौसमी प्रणालीका कारण आज अपराह्नबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्ण...
यू-१९ विश्वकपः नेपालले आज सुपर सिक्समा बंगलादेशसँग भिड्दै

यू-१९ विश्वकपः नेपालले आज सुपर सिक्समा बंगलादेशसँग भिड्दै

खेलकुद, प्रवास, बिबिध, लाइभ खबर
काठमाडौं- दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । तर खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो । सुपर सिक्समा नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो । अब बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ । तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट बाहिरिएका छन् । सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आ...
सरकारी अनुगमन टोलीद्वारा पानी उद्योगमा शिलबन्दी

सरकारी अनुगमन टोलीद्वारा पानी उद्योगमा शिलबन्दी

देश, मुख्य खबर, स्थानीय
काठमाडौं।  काठमाडौं  टोखाको  एक पानी उद्योगमा सरकारी अनुगमन टोलीले आज  शिलबन्दी गरेको छ । टोखा नगरपालिका चक्खुस्थित  कञ्चनजंघा न्याचुरल स्प्रिङ मिनरल वाटर नामको पानी उत्पादन गर्ने उद्योगमा टोलीले शिलबन्दी गरेको हो । अनुगमन टोलीले प्रशोधन कक्षको दुईवटा ढोकामा शिलछाप गरि उत्पादन कक्ष बन्द गरिदिएको छ । उद्योगको दर्ता बिनानै पिउने पानी उत्पादन गर्ने गरेको, दर्ता प्रमाण पत्र र संचालक फेला नपरेको, जार भर्ने धारामा कपडा लगाइएको उद्योग भौतिक पुर्वधार प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका अनुसार नपाईएकोले शिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जानकारी दिएको छ । अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वय रहेको थियो । मंगलबारबाट अनुगमनमा होमिएको टोलीले काठमाडौंको ५ वटा पानी उद्योग अनुगमन...
आजबाट संघीय संसदको चालु अधिवेशन अन्त्य हुदै

आजबाट संघीय संसदको चालु अधिवेशन अन्त्य हुदै

देश, लाइभ खबर
काठमाडौं। आजबाट संघीय संसदको चालु अधिवेशनको अन्त्य हुदैछ । आज बिहान बसेको मन्त्रीपरिषद्को बैठकले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो  । हिजो बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक सञ्चालन तथा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । अधिवेशन अन्त्य हुदै गर्दा संक्रमणकालीन न्यायसम्बन्धी संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक अर्को अधिवेशनमा सरेको छ । टीआरसी संसदीय समितिमै छ भने सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट पारित भएर प्रतिनिधिसभा पेश भएको छ ।...
चार सय बत्तीस कम्पनीलाई  मुलुकभित्रका खानी खोजतलास गर्नका लागिअनुमतिपत्र

चार सय बत्तीस कम्पनीलाई मुलुकभित्रका खानी खोजतलास गर्नका लागिअनुमतिपत्र

देश, लाइभ खबर
काठमाडौँ- खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय बत्तीस कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान गरिएको हो । गत वर्षसम्म तीन सय ७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरिएको थियो । विभागले आर्थिक वर्ष २०७९-८० मा थप ५८ कम्पनीलाई खानी खोजतलास गर्न अनुमति दिएको उहाँले बताउनुभयो । “अनुमति दिएकामा सबैभन्दा धेरै चुनढुङ्गा र तामा छन्”, सूचना अधिकारी बाँस्कोटा भन्नुहुन्छ । यस्तै, विभागले ...
कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

जिबनशैली, देश, मुख्य खबर
काठमाडौँ- कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ । अहिले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहेर पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेश र गण्डकीका केही ठाउँमा तथा बाँकी प...
सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

देश, स्थानीय
महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो । “राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।” प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।” उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । “सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गरिनेछ ।”...
सरकारद्वारा  आज र भोलि   बालबालिकाका लागि  भिटामिन ‘ए’  तथा जुकाको औषधि खुवाइदै

सरकारद्वारा आज र भोलि बालबालिकाका लागि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइदै

जिबनशैली, देश, स्थानीय
काठमाडौं- सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गरेको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उहाँले आग्रह गर्नुभयो । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने न...