स्थानीय

बेल्टार बजार ब्यबस्थापनका लागि सरोकारवालासङ बजार ब्यबस्थापन तथा बिकास समितिको छलफल ।

बेल्टार बजार ब्यबस्थापनका लागि सरोकारवालासङ बजार ब्यबस्थापन तथा बिकास समितिको छलफल ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाले नगरको कार्यहरुलाई सहजीकरण गर्न केहीदिन अघि बनाएको समन्वय समितिहरुले आफ्नो कामलाई अगाडी बढाएको छ । यसैक्रममा बजार ब्यबस्थापन तथा बिकास समितिले आज एक कार्यक्रमको आयोजना गर्दै नगरका सरोकारवालाहरुसंग छलफल गरेको छ । बेल्टार बजारस्थित बेल्टार बसहा उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरको बेल्टार बजार, हडिया बजार, सिवाई बजार, शनिवारे बजार र बिरेन्द्र बजारको तत्कालिन र दिर्घकालिन बिकासको बारेमा छलफल गर्ने बताएका समितिका संयोजक बिकास बन्जराले आज मुख्यता बेल्टार बजारको बारेमा सरोकारवालाहरुसंग छलफल गरेका छन् । छलफलकाक्रममा बेल्टार बजारको बिकासका लागि नगरलाई जोड्न अन्तरपालिका र अन्तर जिल्ला सडक संजालको बिकास, बेल्टार बजारको मुख्य सडक र शाखा सडकहरुको मापदण्ड निर्धारण, वडा नम्बर ६ पुष्पलाल चौक स्थित दुर्घटनको कारण बन्न सक्ने प्रहरी विट र पुष्पलालको शालिकको उचित ब्यबस...
चौदण्डीगढी नगरपालिकाका अधिकांश पराजित उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश गरेनन् ।

चौदण्डीगढी नगरपालिकाका अधिकांश पराजित उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश गरेनन् ।

मुख्य खबर, लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा भने गत स्थानीय तह निर्वाचनमा बिजयी हासिल गरेका नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलालले निर्वाचन खर्च बुझाएका छन् भने वडा नम्बर ३ का वडा अध्यक्ष पर्शूराम राई र वडा नम्बर १० का वडा अध्यक्ष धर्मेन्द्र कुमार खड्का बाहेक सबै वडाका वडा अध्यक्षहरुले समयमै निर्वाचन खर्च आयोगमा पेश गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका खगेन्द्र राई , राप्रपाका रामप्रसाद आचार्य र मंगोल नेशनल अग्रनाईजेशनका भुमी राज राईले खर्च बिबरण समयमा पेश गरेका छन् त्यस्तै नेकपा एकिकृत समाजवादीका नरेन्द्र राउत र स्वतन्त्र उम्म्ेदवार कमलध्वज राईले निर्वाचन खर्च तोकिएको समयमा निर्वाचन आयोगको कार्यालयमा पेश नगर्दा कारवाहीमा परेका छन् । निर्वाचन खर्च तोकिएको समयमा पेश नगर्ने मेयरका प्रत्याशीलाई निर्वाचन आयोगले साढे ४ लाख रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको छ । यस्तै चौदण्डीगढी नगरपा...
चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

देश, बिबिध, मुख्य खबर, स्थानीय
जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टाेलिले धारिलो हतियार देखाई मनि ट्रान्सफरमा डाँका गर्ने एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंम्बर ४ मा फनपार्क नजिक पूर्ण शंकर गौतमको घरमा सञ्चालित नारायणी मनि ट्रान्सफरमा डाँका गर्ने नवलपरासी बर्दघाट सुस्ता पुर्व घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर १६ मा डेरा गरी बस्ने ४२ बर्षीया मिनमान सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख एसपी नवराज अधिकारीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए । आरोपित सुनारले (आइतबार) दिउँसो एक बजेको समयमा मनि ट्रान्सफरको कोठाभित्र गई धारिलो हतियार दाउ जस्तो देखिने फलाम देखाई काउन्टरमा बसिरहेकी कर्मचारीहरुलाई डरत्रास देखाउदै ज्यान मार्ने धम्की समेत दिइ नगद दुई लाख चार हजार दुई सय पचास रुपैयाँ जबरजस्ती डाँका गरी लुटी फरार भएका थिए । मनि ट्रान्सर्फर लुटिएको सूचना पाउने बित्त...
हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : प्रमुख बालेन्द्र

हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : प्रमुख बालेन्द्र

देश, बिबिध, स्थानीय
काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा लागिरहेको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताउनुभएको हो । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुलाई निराश नबनाउने उहाँले दावी गर्नुभएको छ । मेयर शाहले लेख्नुभएको छ– हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैंले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढी अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौं , त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सक...
उदयपुर सामूहिक हत्या

उदयपुर सामूहिक हत्या

देश, बिबिध, स्थानीय
दयपुरमा भएको एकैपरिवारको तीनजनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो । शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजुकमारकी श्रीमती सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् । ‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बोक्सी लागेको हुनसक्ने बताएपछि विवाद भएको देखिन्छ ।’ प्रहरीका अनुसार नातेदार समेत ...
कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

खेलकुद, देश, प्रवास, बिबिध, मनोरन्जन, स्थानीय
चामल खाँदै नखानुहोस्, आलु छुनै हुन्न ।’ यस्तै प्रचार गर्दै कतिपयले मोटोपन नियन्त्रण गर्ने सूत्र दिइरहेका छन् । चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटयुक्त खानेकुराले मोटोपन बढाउँछ भन्ने बुझाइ व्याप्त छ । यसैलाई शिरोधर गर्दै धेरैले आफ्नो खानाबाट धमाधम कार्बोहाइड्रेट कटौती गरिरहेका छन् । कतिले भनिरहेका छन्, ‘कार्बोहाइड्रेटयुक्त खानेकुरा छाडेपछि उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग समेत निको हुन्छ ।’ के वास्तवमै शरीरका लागि कार्बोहाइड्रेट जरुरी छैन ? कार्बोहाइड्रेटले शरीरमा के काम गर्छ ? कार्बोहाइड्रेटले मोटोपन बढ्छ ? कार्बोहाइडेट कार्बन हाइड्रोजन र अक्सिजन मिलेर बनेको पदार्थ हो । यो पोषक तत्वले शरीरमा ऊर्जा प्रदान गर्छ । शरीरको कुल उर्जाको ८० प्रतिशत भाग यसैबाट प्राप्त हुन्छ । त्यसैले कार्बोहाइड्रेट हाम्रो शरीरका लागि अत्यावश्यक छ । सामान्यता एउटा स्वस्थ...
जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

खेलकुद, देश, प्रवास, बिबिध, मनोरन्जन, स्थानीय
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । ...
बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

खेलकुद, देश, प्रवास, बिबिध, मनोरन्जन, स्थानीय
१४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँ...