देश

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

देश, स्थानीय
महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो । “राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।” प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।” उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । “सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गरिनेछ ।”...
सरकारद्वारा  आज र भोलि   बालबालिकाका लागि  भिटामिन ‘ए’  तथा जुकाको औषधि खुवाइदै

सरकारद्वारा आज र भोलि बालबालिकाका लागि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइदै

जिबनशैली, देश, स्थानीय
काठमाडौं- सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गरेको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उहाँले आग्रह गर्नुभयो । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने न...
राष्ट्रपति पौडेल थप उपचारका लागि भारत जानुहुँदै

राष्ट्रपति पौडेल थप उपचारका लागि भारत जानुहुँदै

देश, लाइभ खबर
काठमाडौं- अस्वस्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत जाँदै हुनुहन्छ । छातीमा समस्या देखिएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको थप उपचारका लागि भारत जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरन पोख्रेलले जानकारी दिनुभयो । उहाँ श्री एयरलाईन्सको एम्बुलेन्सबाट भारत जान लाग्नुभएको हो । छातीमा समस्या भएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहनुभएको थियो । राष्ट्रपति पौडेलको फोक्सोमा पानी जमेको देखिएपछि परीक्षणको लागि पानि निकालिएकोमा सामान्य इन्फेक्सन देखिएको थियो । छातीको समस्या पहिले देखिनै रहेको र भारतमा नै उपचार भईरहेको हुँदा थप उपचारका लागि भारत जान लाग्नुभएको प्रेस सल्लाहकार पोख्रेलले जानकारी दिनुभयो ।...
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु

देश, मुख्य खबर
काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मी पत्रकारलाई समाचार संकलन सहज र व्यवस्थित गर्न तयार भएको मिडिया सेन्टर मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शुरुवात गर्नुभयो । प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मिडिया सेन्टरमा रहेका संचारकर्मीसँग प्रत्यक्ष दोहोरो सम्वाद गर्नुभएको थियो । मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो सम्वादको व्यवस्था मिलाइएको छ भने संचार माध्यमका लागि भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ। त्यसैगरि प्रधानमन्त्री निवास बालुवाटारमा पनि यस अघि नै संचारकर्मीको सुबिधाका लागि मिडिया स...
गोरखा दरवार क्षेत्रको वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

गोरखा दरवार क्षेत्रको वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

देश, बिबिध, स्थानीय
गोरखा- ऐतिहासिक गोरखा दरवार क्षेत्रको राष्ट्रिय वनमा सोमवार साँझदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । राष्ट्रिय वनअन्तर्गत गोरखा नगरपालिका वडा नम्वर ४ र वडा नम्वर ६ क्षेत्रमा सोमवार साँझ ६ वजेतिरबाट डढेलो लाग्न शुरु भएको थियो । सोमबार साँझै नेपाली सेनाको रिपूमर्दन गण, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएपनि असजिलो भौगोलिक बनौटका कारण पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको गोरखा नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले बताउनुभयो । मंगलवार दिउँसो केही नियन्त्रणमा आए जस्तो देखिएपनि फेरि डढेलो फैलन शुरु भएको छ । राष्ट्रिय वनको कुहिरेभीर क्षेत्रमा डढेलो लागेको हो । वस्तीबाट करिव पाँच सय मिटरको क्षेत्रसम्म आगोलागी भैरहेको घिमिरेले बताउनुभयो । भीरमा फैलिएको आगो नियन्त्रणका लागि दमकलको प्रयोग गर्न पनि नसकिएको उहाँको भनाई छ ...
यसपटक शैक्षिक सत्र सुरुवातसँगै विद्यार्थीका हातहातमा पुस्तक

यसपटक शैक्षिक सत्र सुरुवातसँगै विद्यार्थीका हातहातमा पुस्तक

देश, बिबिध, लाइभ खबर, स्थानीय
काठमडौं- नयाँ शैक्षिक सत्र शुरुवात हुँदै गर्दा देशका ५९ जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । बाँकी रहेका १८ जिल्लामा पनि वैशाख १० गतेभित्र पुस्तक पुर्‍याइने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विगत वर्षमा शैक्षिक सत्र शुरु भएको महिनौ दिनसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या रहेकोमा यो सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने भएको छ । विद्यार्थीहरुका लागि पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस ५ गतेदेखि २४ सै घन्टा पुस्तक छाप्ने काम गरेका कारण शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि नै पर्याप्त मात्रामा पुस्तकहरु उत्पादन भएका हुन् । जनक शिक्षाले मात्रै यस वर्षका लागि १ करोड ५० लाख भन्दा धेरै वटा पुस्तक छापेको छ । सामुदायिक विद्यालयका लागि ६ देखि १० कक्षासम्मका पुस्तक जनक शिक्षाले छापेको छ । सबै निजी तथा संस्थागत विद्यालयमा पढा...
संवैधानिक परिषद्को बैठक आह्वान, प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने तयारी

संवैधानिक परिषद्को बैठक आह्वान, प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने तयारी

देश, बिबिध, मुख्य खबर, लाइभ खबर, स्थानीय
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बिहान ९ बजे संवैधानिक परिषद्‍को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो । उहाँले सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूबीच हिजो भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो । शुक्रबारको सो बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सक्ने बताइएको छ । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्य...
वैशाख १८ गतेदेखि तातोपानी नाका नियमित संचालन गर्ने तयारी

वैशाख १८ गतेदेखि तातोपानी नाका नियमित संचालन गर्ने तयारी

देश, बिबिध, मुख्य खबर, लाइभ खबर, स्थानीय
सिन्धुपाल्चोक- तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा यही १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्ने, सीमा सुरक्षा तथा कोरोना सङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथामिकता दिएको उहाँले बताउनुभयो । दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राख...
दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई

दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई

देश
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको बताएका छन् । आज विराटनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले ’निर्वाचन अगाडि जे प्रतिबद्धताका साथ जुन नाम राख्छु भनेर दलहरूले भोट मागे र चुनाव जिते , अहिले त्यो प्रतिबद्धताअनुसार नाम राख्न नमान्दा समस्या भएको बताएका छन् । उनले कांग्रेसले पनि पहिचान भेटिने कुरा खोजेर पछि हटेको र एमालेले किराँत कोसी प्रदेश राख्ने भनेर चुनाव जिते पनि नाम राख्ने बेलामा पछि हटेको आरोप लगाएका छन् । यस्तैे मुख्यमन्त्रीको क्षमता र असमक्षतासँग प्रदेशको नामकरणको विषय नजोडिएको मुख्यमन्त्री राईको भनाई छ ।...
चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

देश, बिबिध, मुख्य खबर, स्थानीय
जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टाेलिले धारिलो हतियार देखाई मनि ट्रान्सफरमा डाँका गर्ने एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंम्बर ४ मा फनपार्क नजिक पूर्ण शंकर गौतमको घरमा सञ्चालित नारायणी मनि ट्रान्सफरमा डाँका गर्ने नवलपरासी बर्दघाट सुस्ता पुर्व घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर १६ मा डेरा गरी बस्ने ४२ बर्षीया मिनमान सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख एसपी नवराज अधिकारीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए । आरोपित सुनारले (आइतबार) दिउँसो एक बजेको समयमा मनि ट्रान्सफरको कोठाभित्र गई धारिलो हतियार दाउ जस्तो देखिने फलाम देखाई काउन्टरमा बसिरहेकी कर्मचारीहरुलाई डरत्रास देखाउदै ज्यान मार्ने धम्की समेत दिइ नगद दुई लाख चार हजार दुई सय पचास रुपैयाँ जबरजस्ती डाँका गरी लुटी फरार भएका थिए । मनि ट्रान्सर्फर लुटिएको सूचना पाउने बित्त...