कोशी प्रदेश मन्त्रिमण्डल विस्तार, पाँच मन्त्री र दुई जना राज्यमन्त्री थप
मोरङ- कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार गरी दश सदस्यीय बनाइएको छ । गत बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन गरिएको हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा ५ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरिएको हो ।
मुख्यमन्त्री सहित दुई जना विना विभागिय मन्त्री नियुक्त गरी गठन भएको कोशी प्रदेश सरकारमा एमालेका एक जना राज्यमन्त्रीसहित ६ जना र माओवादी केन्द्रका एक जना राज्यमन्त्री सहित ४ जना मन्त्रीहरु रहेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई विभागीय जिम्मेवारी समेत तोकिएको छ । नयाँ मन्त्रीहरुमा राजेन्द्र कार्की स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई सामाजिक विकास मन्त्री, एकराज कार्की खानेपानी, उर्जा तथा सिचाई मन्त्रालय, नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा सिर्जना राइलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद का...








